
४ करोड ४३ लाख रुपैयाँ घाटामा हिमालयन रि



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडकाे नाफामा गिरावट देखिएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (साउनदेखि चैत मसान्तसम्म) वित्तीय विवरण अनुसार कम्पनी नाेक्सानीमा रहेकाे हाे ।
सोही वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनी ४ करोड ४३ लाख रुपैयाँ घाटामा रहेको छ। गत आवको चैत मसान्तसम्म भने कम्पनी ९८ करोड ९३ लाख रुपैयाँ नाफामा रहेको थियो। गत आवको चैत मसान्तसम्म ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवको चैत मसान्तसम्म घटेर ४ अर्ब ३ करोड ९६ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल आम्दानी पनि ५ अर्ब २० करोड २६ लाख रुपैयाँबाट घटेर ४ अर्ब ७२ करोड ८१ लाख रुपैयाँमा झरेको छ। यसरी कम्पनीको आम्दानीमा गिरावट आएको कारण नाफा घट्न पुगेको हो।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३ अर्ब ७१ करोड ७३ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ। गत आवको चैत मसान्तसम्म अभिकर्तालाई ८८ करोड ३० लाख रुपैयाँ कमिशन दिएको कम्पनीले चालू आवको चैत मसान्तसम्म ८५ करोड ४४ लाख रुपैयाँ कमिशन बापत दिएको छ।
त्यस्तै समीक्षा अवधिमै कम्पनीको प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँबाट घटेर ०.५४ रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ १५०.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३६३.६२ गुणा ऋणात्मक हुन पुगेको छ। चुक्ता पूँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब १ करोड ९३ लाख रुपैयाँ र महाविपत्ति कोषमा २० करोड ३२ लाख रुपैयाँ सञ्चिति रहेको छ।


