
सीजी रिलायन्सको मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा जोड



काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिकाको वडा नम्बर ६ सँगको समन्वयमा आफ्नो उत्पादन कारखानाको वरपरका क्षेत्रमा सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय जिम्मेवारीलाई प्रोत्साहन दिने उद्देश्यले सामुदायिक केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको बताइएको छ ।
सोही पहलका अन्तर्गत, स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनलाई सहयोग गर्न कारखाना परिसर नजिक सडक बत्तीहरू जडान गरिएका छन् । साथै, विश्व वातावरण दिवसको अवसर पारी, कम्पनीले सफाइ र पर्यावरणीय जनचेतनालाई प्रोत्साहन दिन वडा भित्रका उपयुक्त सार्वजनिक स्थानहरूमा राख्न टिकाऊ फोहोर संकलन डस्टबिनहरू हस्तान्तरण गरेको छ।
त्यस्तै, मनहरी गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष युवराज थपलियाले यी पहलहरूको प्रशंसा गर्दै मनहरीमा सामुदायिक कल्याण सुदृढ गर्न कम्पनी र स्थानीय सरकारबीचको सहकार्यको महत्त्वलाई दर्शाएका छन्।
साथै, सोही पहलहरूले सीजी रिलायन्स बेभरेज प्रालिको वरपरका समुदायहरूमा दिगो विकास प्रवद्र्धन गर्न स्थानीय सरोकारवालाहरूसँग घनिष्ठ रूपमा काम गर्ने प्रतिबद्धतालाई थप प्रतिबिम्बित गर्ने बताईएको हो ।


