
कालंगा हाइड्रोको आईपीओ केहीले हुन्छ बाँडफाँड ?



काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने भएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । कम्पनीले २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको थियो । आईपीओमा २ लाख ८७ हजार जनाले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् ।


