
सीईओका रुपमा नबिल बैंकमा मनोज ज्ञवालीको एक वर्ष पुरा, दिय यस्तो शुभकामना



कठमाडौं । मनोज ज्ञवालीले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा आफ्नो एक वर्षको कार्यकाल पुरा गरेका छन् । उनलाई बैंकले एक वर्ष पहिले आजकै दिन सीईओमा नियुक्त गरेको थियो । एक वर्ष पुरा गरेको अवसरमा ज्ञवालीले सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।
‘गत एक वर्षको यात्रामा बैंकका अध्यक्षज्यू तथा सञ्चालक समिति, बैकका पुर्व अध्यक्ष, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, ग्राहकवर्ग, व्यवसायिक साझेदारहरू, मार्गदर्शक, सञ्चारमाध्यम, घर परिवार –साथीसंगी तथा विशेषगरी नबिल परिवारका समर्पित कर्मचारी साथीहरूबाट प्राप्त विश्वास, साथ, सहयोग र सुझावले मलाई यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न प्रेरित गरेको छ,’ उनले भनेका छन् ।
‘हामीले यस अवधिमा संस्थागत सुदृढीकरण, ग्राहक सेवामा सुधार, डिजिटल रूपान्तरण, सुशासन, जोखिम व्यवस्थापन तथा दिगो बैंकिङका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौं। यी उपलब्धिहरू कुनै एक व्यक्तिको प्रयासको परिणाम नभई सम्पूर्ण नबिल परिवारको सामूहिक प्रतिबद्धता र मेहनतको प्रतिफल हुन्। बैंकिङ क्षेत्रको अग्रणी स्थानमा रहदै गर्दा पनि सुधार गर्नु पर्ने धेरै कुराहरु छन, आगामी दिनमा सुधार गर्दे जाने प्रतिबद्दता व्यक्त गर्दछु । म प्रति देखाउनुभएको विश्वास र समर्थनका लागि पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि नबिल बैंकलाई अझ सबल, नवप्रवर्तनशील, ग्राहककेन्द्रित तथा राष्ट्रको आर्थिक विकासमा अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित गर्न हामी सबैको सहकार्य निरन्तर रहने विश्वास लिएको छु,’ उनले भनेका छन् ।


