
सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेड (SOPL) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता शेयर गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।
अब कम्पनीको शेयर सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (SOPL) टिकरमा कारोबार हुनेछ।


