
मलेसियालाई नेपालले दियो २७६ रनको लक्ष्य, भुर्तेलको लगातार

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोडेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले । उनले १२६ रन जोडे । ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे । यो उनको टी २० आईमा तेस्रो शतक हो । यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले । उनले ७ छक्का र ५ चौका प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोडे । उनले ४ छक्का र १ चौका हिर्काए ।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सिद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए । नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन् ।

