
कास्कीका सामुदायिक विद्यालयहरूमा फुटबल तथा शिक्षा प्रवद्र्धनका लागि मेटलाइफ नेपालको सहयोग



कास्की, जुन ४, २०२६ – विश्वभर फुटबलले समुदायहरूलाई एकताबद्ध गरिरहेको समयमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवद्र्धन गर्ने नयाँ पहल सुरु गरेको छ ।
“शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने” उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो । यस कार्यक्रममार्फत शहरी तथा ग्रामीण क्षेत्रका बालबालिकालाई सहयोग पु¥याइनेछ । कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षाको अवसर विस्तार गर्न काम गर्दै आएको छ ।
यस पहलमार्फत करिब १६० वटा फुटबलका साथै प्रशिक्षणका लागि आवश्यक सामग्रीहरू जस्तै कोन, गोलपोस्ट नेट, एयर पम्प तथा अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराइनेछ । साथै, छनोट भएका विद्यार्थीहरूलाई जर्सी पनि प्रदान गरिनेछ, जसले विद्यालयहरूमा व्यवस्थित खेल गतिविधिलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक शिक्षामा नियमित खेलकुद संस्कृतिलाई पुनर्जीवित गर्न मद्दत गर्नेछ ।
यो कार्यक्रम शिक्षा क्षेत्रमा केन्द्रित मेटलाइफ नेपालको व्यापक संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सञ्चालन गरिएको हो । विद्यालय केन्द्रित यस पहलमार्फत मेटलाइफ र कर्मयोग फाउन्डेसनले बालबालिकालाई कक्षाकोठाको शिक्षासँगै खेलकुदबाट सिकिने टोली भावना, निष्पक्षता, धैर्यता र आपसी सम्मानजस्ता मूल्यहरू विकास गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेका छन्।
यस पहलका बारेमा बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भन्नुभयो, “विशेषगरी अवसर सीमित भएका सामुदायिक विद्यालयहरूमा खेलकुदले बालबालिकालाई एकताबद्ध गर्ने अद्वितीय शक्ति राख्छ । विश्वभर फुटबलप्रतिको आकर्षण बढ्दै गइरहेको अवस्थामा हामीले फुटबलमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सिकाइप्रतिको रुचि तथा चुनौती सामना गर्ने क्षमता विकास गर्न विद्यालयहरूलाई सहयोग गर्ने निर्णय गरेका हौँ ।“
मेटलाइफको बारेमा:
MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com हेर्नु होस् ।
मेटलाइफ नेपालको बारेमा :
MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com.np हेर्नु होस वा ९७७ –१–५९७१७९९ मा फोन गर्नुहोस ।
कर्मयोग फाउन्डेशनको बारेमा :
कर्मयोग फाउन्डेशन ग्रामीण नेपालका विपन्न समुदायको उत्थानमा समर्पित छ । यसले शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, र प्लेस्केप विकास, आय सृजन र सीप विकास मार्फत आत्मनिर्भरता बढाउनमा केन्द्रित छ । पशु कल्याणमा यसको सक्रिय संलग्नता र प्राकृतिक प्रकोपहरूको द्रुत प्रतिक्रियाले समग्र सामुदायिक विकासको लागि प्रतिबद्धता देखाउँछ। दिगो परिवर्तन सिर्जना गर्न र खाँचोमा परेकाहरूका लागि उज्यालो, थप लचिलो भविष्य निर्माण गर्न उनीहरूसँग सामेल हुनुहोस् ।


