
उदार बन्दै कुमारी बैंक, कसरी हात पार्यो भिसा लिडरसिप कन्क्लेभमा विधागत सम्मान ?



काठमाडौं । पछिल्लो समय कुमारी बैंकको एकपछि अर्का अब्बलताहरु झल्किन सुरु गरेका छन् । नेपाली बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै छवि स्थापित गर्न सफल उक्त बैंकले अर्गानिक ग्रोथ गरि रहेको यसलाई निकटबाट नियाल्नेहरु सुनाउँछन् ।
हुन त नेपाली बैंक-वित्तीय क्षेत्रमा दृष्टि विहीनले हात्ती छामे जस्तो विश्लेषण हुनेदेखि पाँडे गाली गर्नु समेत सामान्य हुन पुगेको छ । यसको मारमा कुमारी बैंक होइन, नेपाली बैंकिङ जगतलाई माया गर्ने र यसका ठूला संगठनका नेत्तृत्व गरि रहेका नेताहरुले समेत निकै गम्भिर हुनुपर्ने देखिएको छ । एकातिर बैंक वित्तीय संस्थाहरुले विगतमा जगाएका वित्तीय जागरणका चेतनाका झिल्कोहरु पनि सानो वा कम ओझपूर्ण छैनन् भने ठीक यही बेलामा गैर-संस्थागत रुपमा उनीहरुको विरासत माथि नै आँच आउँने किसिमले चोरी औला ठ्डयाउने प्रवृत्ती फस्टाएको छ ।
आज बीमा दर्पण डटकम कुनै पनि एक बैंक-वित्तीय संस्थालाई साक्षी राखेर वा किटान गरेर छातीमा गीता टाँसे जसरी नेपाली बैंकिग क्षेत्रमा कुनै पनि काला कर्तुत घट्दैनन् भन्न सक्ने अवस्थामा छैन । तर, ठीक यही अवस्थामा एउटा नांगो आँखाले र सिधा मनले नेपाली बैंकिङ क्षेत्रको खुला चित्र कसैले हेर्छ भने कहिलेकाही उसका आँखा रसाउँछन् । कारण, रातारातै ठूला परिवर्तन के केन भएको जस्तो वा ठूला वित्तीय अपराधमा समेत केही नभएको जस्तो गर्ने अनौठो प्रवित्तीले डेरा जमाउँदै गएको पक्का छ । यो दुवै प्रवृत्ती पक्कै गलत हो ।
आज यो लेखले समेत यही बैंकमा यस्तो घट्ना छ भनेर केलाउनेलाई मात्रै जरुरी ठान्दैन, बरु साच्चै बैंकिङ जगतमा देखिएका दर्दनाक घटनाका प्रकृतिमा मात्रै व्याख्या गर्न, सचेत गर्न चाहन्छ । किनकी अहिले कतिपय बैंक-वित्तीय संस्थाहरुलाई अकारण अपमानित बनाउने चलन बढ्दो छ । हुनसक्छ यसमा बैंक भित्र वा बैंक बाहिरका केही तत्वहरु पक्कै सल्बलाएकै कारण पनि त्यस्तो भएका हुन सक्छ । तर, यस्तो घटनाले विकराल रुप लिदा हामीलाई व्याख्या गर्ने फुर्सतको त परको कुरा बैंकको अपरिहार्यता समेत ओझेलमा पर्ने खतरा हुन्छ ।
बैंकमा तपाईको लगानी छ, बैंक तपाईको खुत्रुके हो :
आज सबै जनाले बुझ्न के जरुरी छ भने बैंकमा कहिले पनि एउटै आमाले पाउनु भएका २ छोराछोरीहरु मात्र हुन्छन् भन्ने छैनन् । भनाईको मतलब एउटा व्यक्तीले आफूले नचिनेको, नदेखेको व्यक्तीलाई लाखौ रुपैयाँ सुम्पिएर हिड्ने गर्छन् । तर, त्यो पनि विश्वासका साथ ।
अझ भनौ त्यही बैंकबाट हामीले लगानीको प्रतिफल पाउँछौं, बैंक लगानी राख्ने खुत्रुके हो वा लोन लिने एक महत्वपूर्ण सारथी हो ।
यसो भन्दै गर्दा कुमारी बैंक उदाहरण होला । तर, अन्य बैंक वित्तीय संस्था पनि हाम्रा त्यस्तै सारथी हुन् ।
अझ सरल भाषामा भनौ । बैंक भनेका एउटा घर मात्र होइन जहाँ पैसाको व्यापार हुन्छ । बैंक भनेको त एउटा विश्वासको खानी हो । धनी हुँदा वा गरिब हुँदा दुवै अवस्थामा आवश्यक पर्ने भएर नै विश्वमा बैकको स्थापना भएको हुनसक्छ।
अब यसलाई अझै सरल रुपमा बुझ्दा कतिपय बैंकहरुमा विद्यमान बेथिति पनि होलान्, नहोलान् भन्न सकिन्न । किन कि, जमाना काल पनि त ठिक छैन । हो, अब यस्तै बेलामा गाउँबाट करोडौं रुपैयाँ बोकेर रात्री बसमा शहर छिर्नु पर्दा बगलीमा भन्दा बैंकमा नै पैसा राख्ने चलन बढ्कै छ । कुवा धमिलो भए पनि पानी तिर्खा नलाग्ने भन्ने कुरा त हुँदैन ।
मोवाइलमै बैंकका सेवा बिस्तार भएका छन् । बैंक भनेको हामी सबैको हो । हाम्रो लगानी हो, हाम्रै (आम-नागरिककै) पैसाको हो ।
अब बैंकरुपी घरलाई छिन्न-भिन्न बनाउने प्रयास समेत पटक-पटक भएकै देखिन्छ । यसमा कतिपय बेलामा सरोकारवाला निकायहरु निकै केही नभएको जस्तो, उजागर भएको सत्यमा किन बोल्नु ? भनेको जस्तो, अरुलाई परेको समस्यामा हामीले बोल्ने होइन भन्ने जस्ता निकै गलत प्रवृत्ति हावी भएको देखिन्छ । त्यसको परिणाम र शिकारमा पर्ने गरेका छन्, उल्टै नेपालका निर्दोश बैंक-वित्तीय क्षेत्र ।
ठीक यस्तो समस्याका रुपमा कहिले कुन विषयमा, कहिले कुनै तहमा समेत नेपाली बैंकहरुका हुँदै नभएका काण्डहरु बजारमा देखिन थालेका छन् । त्यस्ता निर्दोश काण्डको उपचारको लागि नेपाली बैंकहरुले आफ्नो विरासत जोगाउने किसीमले लगानी गर्न नसके, वित्तीय जागरण संचालन गर्न नभ्याए अब खतराको घण्टी बज्न सुरु गरेको देखिन्छ ।
हाकाहाकी बैंकको सीईओलाई नै निशाना बनाएर आउने गरेका गलत प्रचार-प्रसारले निर्दोश जनताको लगानी नडुबोस, बैंक-वित्ती क्षेत्रको वास्तविकतामा, विरासतमा आँच नआओस् र भोलि नाइट गाडीबाट शहर आउँदा सडकमा केही महंगो शुल्क तिरेर पानी खाने हाइवेहरुमा चार करोड बोकेर कोही पनि वृद्ध काठमाडौं छिर्नु नपरोस् भन्ने चित्र बीमा दर्पण डटकम आज नै हाम्रो दर्पणमार्फत जानकारी गराउन चाहन्छौं ।
ए, साच्चै, यस्तो परिस्थितीमा समेत नेपाली बैंक-वित्तीय क्षेत्रको एक सबल बैंक कुमारी बैंकले भिसा लिडरसिप कन्क्लेभमा विधागत सम्मान पाएको छ । उसले केही समयअघि २ विधामा सम्मान पाएको हो ।
कुमारी बैंकले एक्सिलेन्स इन क्रस बोर्डर र बिजनेसएक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्टमा सम्मान पाएको हो ।
यसरी सम्मान पाउँने बैंक बन्नुमा अरु बैंक पनि यस्तो अवस्थामा अरु विधामा विभूषित भएका उदाहरणहरु बजारमा छँदै छ । आजलाई यति मानौ यसमा पनि कुमारी बैंक नेपाली बैंकिङ वातावरणमा सम्मान पाउने एउटा प्रतिनिधि बैंक, या बिम्बको रुपमा हामीले उठाउन खोजेका हौं ।


