
थ्रीस्टार हाइड्रोपावरको ४२ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै



काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको ४२ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै कुल ४२ लाख १ हजार २५ कित्ता सेयरको लकइन अवधि आउँदो असार १९ गतेबाट सकिने जानकारी गराएको हो।
हाल लकइनमा संस्थापकको ३६ लाख ९३ हजार ७५० कित्ता, स्थानीयको ४ लाख ९२ हजार ५०० कित्ता र कर्मचारीको १४ हजार ७७५ कित्ता सेयर रहेको छ।
कुनै पनि कम्पनीले आइपीओ निष्कासन गरी बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, लकइन अवधि सकिए पनि सञ्चालक तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको शेयर भने नियमानुसार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ।


