
मध्यावधिपछि समेत बजेट नघट्ने अर्थमन्त्री वाग्लेको खुलासा



काठमाडौं । बजेट भाषण पछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब आउने आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले ठूलो तयारी गरेको सुनाए। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै आफूहरु खर्च गर्ने क्षमता अभिवृद्धि गर्नदेखि बाँकी मन्त्रालयहरूलाई विभन्न रुपमा अधिकार दिँदै अघि बढेको सुनाएका हुन्।
यता, सोही बजेट सार्वजनिक भएसँगै बोलेका उनले बजेटको प्रभावकारिताबारे उठेका प्रश्नहरूको सम्बोधन गरेका हुन् । सोही क्रममा उनले विगतमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म भौतिक पूर्वाधारतर्फको खर्च प्रगति २४–२५ प्रतिशतमा सीमित रहने गरेको सुनाए । त्यसरी नै यो पालिको खर्च हुन नसकेको शीर्षकबाट आवश्यक पर्ने क्षेत्रमा बजेट सार्न रकमान्तर गर्न विनियोजन विधेयकमै विशेष व्यवस्था गरिएकोदेखि त्यस्तो बजेट कार्यान्वयनलाई थप लचिलो र प्रभावकारी बनाउने कसरत सुरु भएको सुनाए ।
आज अर्थमन्त्री वाग्लेले सरकारबाट प्रस्तुत भएका २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट कार्यान्वयनबारे अनावश्यक शंकाको जरुरी नभएको सुनाए। हतार गरेर आजको भोलि नतिजा खोज्नुभन्दा बरु सरकारलाई केही समय ‘शंकाको सुविधा’ उपलब्ध गराउनु पर्ने उनको आशय थियो ।
अहिलेको बजेको वास्तवमा आउने सालको वैशाख–जेठमा मात्र खर्चको वास्तविक समीक्षा हुने बताउँदै उनले यसअघि पनि ठूलो आकारको बजेट आएको बेलामा मध्यावधि समीक्षापछि मात्रै त्यसलाई घटाउने गरेको सुनाए । यसपालि भने आफूहरुले त्यस्तो पुरानो परम्परा भत्काउने उनको आशय थियो ।


