डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।
यस लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि पुस २६ गते शुक्रबार चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याइनेछ भने ३ जना सञ्चालकको निर्वाचन गरिनेछ ।
बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न र अन्य लघुवित्त संस्थासँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।