आईपीओ जारी गर्दै हुलास इन्फ्रा
काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। सो आईपीओ प्रिमियम मूल्यमा जारी हुने जनाइएको हो । यता कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित यही पुस २१ गते साधारण सभा डाकेको छ ।
कम्पनीले दिएको जानकारी अनुसार सभा राजधानीस्थित कमलादी, गणेशस्थान (हामा आईरन बिल्डिङ) मा हुनेछ । सोही सभाका लागि बिहान ११ बजे तोकिएको छ भने सभाले छुट्याइएको सेयर मध्येबाट कानून बमोजिम तोकिएको प्रतिशतमा सम्बन्धित क्षेत्र तथा समूहलाई निष्काशन तथा बिक्री गर्ने तथा त्यसबाट प्राप्त रकमको उपयोग सम्बन्धी प्रस्ताव उपर छलफल गरी प्रस्ताव सदर गर्ने तयारी गरिएको छ ।
साथै, सभाले गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेदेखि नयाँ कम्पनी सचिव एवम् संञ्चालक समितिको नियुक्ति गर्ने प्रस्तावहरु सोही सभाबाट सदर हुने जनाइएको छ ।