
आज फेरि बढ्यो सुनचाँदीको मूल्य, एक तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ५०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेर ५ हजार ८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ४० रुपैयाँ रहेको थियो ।

