
नेप्सेमा सुधार, चार अर्ब ११ करोडभन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा बन्द भएको छ । आज ३४० कम्पनीको ९५ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोडको कारोबार भएको हो ।
आज ६ उपसूचकमा सुधार आएको छ भने ७ उपसूचक घटेको छन् । आज सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूहको रहेको छ ।
मंगलबार १३३ कम्पनीको सेयरमूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको सेयरमूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर लोहोरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९१ प्रतिशतका दरले गुमाउका हुन् ।

