बीमामा सरेण्डर:मंसिर मसान्तसम्म ६ अर्ब नाघ्यो,बजार हिस्साकै आधारमा तथ्यांक ठूलो-सानो
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा हाल संचालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुबाट ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमालेख समर्पण (सरेण्डर) भएको छ । सो तथ्यांक सोमबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार ४ हजार ५ सय ६० जनाले आफ्नो बीमालेखबाट ब्रेक लिएका छन् ।
राष्ट्रिय जीवन बीमा कम्पनीमा ५ हजार ४ सय १० जनाले बीमालेख समर्पण गरेका छन् । उनीहरुले ५१ करोड ३२ लाख रुपैयाँ बराबरको समर्पण गरेका हुन् ।
नेशनल लाइफ इन्स्योरेन्समा २ हजार ५ सय ४१ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले ३७ करोड ११ लाख रुपैयाँ बराबरको सरेण्डर गरेका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्समा १० हजार ३ सय १७ जनाले बीमालेख समर्पण गरेका छन् । उनीहरुले १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको सरेण्डर गरेका हुन् ।
त्यस्तै, एलआईसी नेपालमा ११ हजार ७ सय ९३ जनाले बीमालेख सरेण्डर गरेका छन् । उनीहरुले १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको सरेण्डर गरेका हुन् ।
मेट लाइफ इन्स्योरेन्समा १५ सय १६ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले १७ करोड २३ लाख रुपैयाँ बराबरको सरेण्डर गरेका हुन् ।
एशियन लाइफ इन्स्योरेन्समा ३७ सय ५२ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले ४० करोड १४ लाख रुपैयाँ बराबरको सरेण्डर गरेका हुन् ।
आईएमई लाइफ इन्स्योरेन्समा ७ सय ६३ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले ८ करोड ४३ लाख रुपैयाँ बराबरको सरेण्डर गरेका हुन् ।
सन नेपाल लाइफमा २ सय ९५ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले २ करोड ९४ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा ७ सय ८ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले ४ करोड ४६ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका हुन् ।
सिटिजन लाइफ इन्स्योरेन्समा ११ सय ८ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले ८ करोड बराबरको सरेण्डर गरेका हुन् ।
सूर्यज्योती लाइफ इन्स्योरेन्समा २४ सय ८८ जनाले ३२ करोड ६४ लाख रुपैयाँ बराबरको बीमालेख त्याग गरेका छन् ।
सानीमा रिलायन्स लाइफ इन्स्योरेन्समा ७ सय ८७ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले १० करोड ९५ लाख रुपैयाँ बरारबको बीमालेख त्यागेका हुन् ।
हिमालयन लाइफ इन्स्योरेन्समा ३ हजार ३३ जनाले बीमापोलिसी त्यागेका छन् । उनीहरुले २८ करोड ३० लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका हुन् ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा ५ सय ४९ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले ७ करोड ८० लाख रुपैयाँ बराबरको बीमापोलिसी त्याग गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले बीमितहरुको लामो समय अवधि, वर्षौ वर्षका ठूला जोखिमहरु बहन गर्ने र जति ठूलो धेरै जनाको संख्यामा बीमा भएको छ बीमालेख फिर्ता गर्नेहरु पनि सोही संख्यामा आधारित भएको तथ्यांकबाटै पुस्टी हुन्छ ।
यस्तो छ तथ्यांक