
नाडेप लघुवित्तका सेयरधनीको हात खाली



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली रहने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
जेठ १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।


