गेल्मु लामा बनिन् आइएमई लाइफको सीओटी
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रका अभिकर्ताहरुले एकपछि अर्को ठूलो सफलता हाँसिल गर्दै अघि बढेको तथ्यलाई नर्कान सकिन्न । ठीक यस्तै बेलामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध एजेन्सी म्यानेजर गेल्मु लामा शेर्पा सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बनेकी छिन् ।
कम्पनीका अनुसार लामाले सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जनको लक्ष्य पुरा गरेसँगै उनीको ‘सिओटी’ बन्ने सपना पूरा भएको हो । नेपालमा बीमा अभिकर्ताको पेशा त्यसमा पनि ठूला ठूला व्यावसाय हात पार्ने कुरा चानचुने त कहाँ छ र ? त्यस्तै कतिपय अनुकुल र प्रतिकूल परिस्थितीलाई आत्मसाथ गर्दै अघि बढ्ने जीवन बीमा अभिकर्ताहरुले दैनिक नयाँ-नयाँ रेकर्ड स्थापित गर्ने लहर नै चलेको छ ।
उनी आइएमई लाइफ इन्स्योरेन्सको महारागंज शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी व्यक्ती हुन भने गत आर्थिक वर्षमा पनि आफ्नो व्यक्तिगत कोडबाट १ करोड रुपैयाँको कारोबार गर्न सफल भएकी सफल अभिकर्ता रुपमा उनले आफ्नो छवि स्थापित गरिसकेकी छिन्।
कम्पनीका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५० वटा बीमा पोलिसी बिक्री गर्दै कम्पनीको उत्कृष्ट अभिकर्ता बन्न सफल भएकी छिन् भने राजधानीस्थित न्यूरोडमा उनको आफ्नै व्यावसाय समेत रहेको बुझिएको छ ।
लामासँग खुशी साट्न आईएमई लाइफको विभिन्न उच्च पदस्थ व्यक्तीहरुको उपस्थिती रहेको थियो ।