कृषिमन्त्री अधिकारीले भने:सरकार कृषकहरुकै पक्षमा छ बिउको गुणस्तरमा जोड दिऔं
काठमाडौँ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरुको पहुँच बढाउनु पर्नेमा जोड दिएका छन् । उनले अब सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै त्यस्ता पहुँच वृद्धिको लेखाजोखा हुने बताएका हुन्।
नेपाल बीउ व्यवसायी संघको २६ औ साधरणसभा तथा अधिवेशनमा पुगेका उनले बीउ अनुसारको उत्पादन हुने भन्दै आगामी दिनमा कमसल र गुणस्तरीय बिउको महत्व बुझ्नु पर्ने बताए। सर्वसाधारणहरुको घर खेतसम्म बीउ पुग्ने र त्यसमा देखिने विभिन्न किसिमका समस्याका बारेमा समाधान गर्न नसके खाद्य संकटको खतारा समेत हुने विषयमा उनले सचेत गराएका छन् ।
बिउको संवेशनशीलता बुझ्नु पर्ने, उन्नत जातका बीउको प्रयोग गर्नु पर्ने, किसानले आफ्नो उत्पादकत्व बढाउनु पर्ने देखि किसानहरुको आय स्तरको वृद्धि हुनेसम्मका विषयहरु उनले कार्यक्रममा उठाएका छन् । हाल कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा सार्वजनिक भएको औँल्याउँदै मन्त्री अधिकारीले कृषकलाई क्षतिपूर्ती प्रदान गर्न राज्य निर्मम हुने गरेकोमा जोड दिए ।
साथै, सोही कार्यम्रममा उनले सरकारले निर्माण गर्नु पर्ने नीतिगत कुराहरु, संरचनागत तथा संस्थागत प्रवन्धहरु र विगतबाटै कायम रहेको बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरु निजी क्षेत्रलाई सहयोगी रहेको समेत बताइएको छ ।