
कागजात नपुगेर दाबी रकम लिन नआएका बीमितलाई ३५ दिन भित्र सम्पर्कमा आउन सानिमा जिआईसीको आग्रह



सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी लिन नआएका बीमितलाई ३५ दिन भित्र सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनी निवेदन पेश गरे पनि आवश्यक कागजात नपुगेका कारण हालसम्म दाबी भुक्तानी प्रक्रिया पूरा हुन नसकेका बीमितहरुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो ।
कम्पनीले आज जेठ १ गते सूचना जारी गर्दै दाबी फछ्र्योटका लागि आवश्यक कागजातहरू हालसम्म प्राप्त नभएकाले धेरै फाइलहरू प्रक्रियामै रोकिएको जनाएको छ । अबको ३५ दिनभित्र सम्बन्धित बीमितहरूले आवश्यक कागजातसहित आफूलाई पायक पर्ने प्रदेश कार्यालय, शाखा, उपशाखा वा केन्द्रीय कार्यालयको दाबी विभागमा सम्पर्क गरी दाबी रकम फछ्र्योट गराउनु कम्पनीले आग्रह गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र पनि सम्पर्कमा नआउने बीमितहरुको दाबी फाइल बन्द गरिने चेतावनी समेत दिएको छ ।


