
बीमा प्राधिकरण ५८ औं वर्षमा



काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं वर्षमा प्रवेश गरेको छ । ५८ औं वार्षिकोत्सव प्राधिकरणले विविध कार्यक्रम गरी गत सातादेखि नै मनाउँदै आएको छ ।
सरकारले खर्च कटौति गर्ने अभियान चलाएकोले यस बर्ष प्राधिकरणले वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम गर्नेछैन । साँझ अनौपचारिक चियापान कार्यक्रम मात्रै आयोजना गरिनेछ । २०२६ साल जेठ १ गते स्थापना भएको बीमा समिति २०७९ साल कार्तिक २२ गतेबाट नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ ।


