
सामान्य बढ्यो नेशनल लाइफको नाफा, इपीएस कति ?



काठमाडौं । नेशलन लाइफ इन्स्योरैन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो ।
विवरण अनुसार कम्पनीको मुनाफा सामान्य बढेर ४१ करोड ६६ लाख पुगेको छ । अघिल्लो बर्ष ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष खर्ब नाघेको छ । नेशनल लाइफको इतिहासमा पहिलो पटक १ खर्ब ५१ करोड ३७ लाख ४ हजार ४६० रुपैयाँको शक्तिशाली जीवन बीमा कोष पगेको हो । अघिल्लो बर्ष कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब रुपैयाँ संचिती रहेको थियो ।
योसँगै नेशनल लाइफ खर्ब क्लवमा प्रवेश गर्ने तेस्रो कम्पनी बन्न सफल भएको छ । यसअघि नेपाल लाइफ र एआईसी नेपालले जीवन बीमा कोष खर्बमाथि पुर्याइसकेका छन् । समीक्षा अवधीमा कम्पनीको खुद आय २१ अर्ब १२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो आय १९ अर्ब रहेको थियो । त्यस्तै कम्पनीले समीक्षा अवधीमा २० अर्ब रुपैयाँ खर्च गरेको छ । जुन गत आवको तुलनामा केही बढी हो । गत आवमा कम्पनीले १८ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको थियो ।
कम्पनीले लगानीबाट प्राप्त आयमा सामान्य संकुचन आई चार अर्ब ३३ करोडबाट झरेर चार अर्ब २२ अर्बमा सीमित हुन पुगेको छ । यद्यपि बीमा पोलिसी होल्डरबाट प्राप्त आय ८५ करोडबाट बढेर ९२ करोड पुगेको छ । कम्पनीले चालु आवको ९ महिनामा १६ अर्ब बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा यस्तो आम्दानी १४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।
कम्पनी प्रतिसेयर आम्दानी ९.९५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३०.३९ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर कूल सम्पत्तिको मूल्य १९९२.८६ रुपैयाँ रहेको छ ।


