दार्चुला पावरमा ७३ करोड लगानी गर्दै अपि आवर कम्पनी
काठमाडौँ । लगानीकर्ताहरुलाई आकर्षक प्रतिफल दिन सफल तथा नेपाल जल विद्युत क्षेत्रको अब्बल कम्पनीले एकपछि अर्को ऐतिहासीक काम गर्दै गएको छ । नाफामा उल्लेखनिय प्रगति गर्नु, ठूलो भौतिकपूर्वाधारको रुपमा अर्पाटमेण्ट खडा गर्ने प्रस्ताव सदर गर्नु तथा देशको महत्वपूर्ण स्थानहरुमा आफ्नो लगानीको भरपूर प्रयोग गर्न कम्पनीले तत्परता देखाएको हो । सोही अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा समेत लगानी गर्ने जानकारी दिएको छ ।
यता कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ भने दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपुँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ रहेको छ । सोही रकमको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत सेयर कायम गर्ने निर्णय गरिएको हो ।