
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ



काठमाडाैं । ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् । छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको गरेकाे हाे ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाका अनुसार उनीमाथि तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको आरोप लागेकाे छ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमा रहेको ओमकार आयल इन्डस्ट्रिजबाट प्रहरीले ९०५ कार्टुन तेल पनि बरामद गरेको छ ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा उक्त उद्योगले उत्पादन गर्ने सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर बजारमा पठाउने गरेको रहस्य खुलेको हो। अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक छानबिनका क्रममा प्याकेजिङमा तोकिएको परिमाणभन्दा कम तेल भएको पुष्टि भएपछि प्रहरीले कारबाही अगाडि बढाएको हो।
यस घटनाको गहिराइमा पुगेर थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउनका लागि पक्राउ परेका सञ्चालक र बरामद तेललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।


