
बढ्यो सुनको मूल्य



काठमाडौं। अहिले नेपाली बजारमा सुनको मूल्य बढ्दो क्रममा छ। सोही बेलामा सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
साथै, चाँदीको मूल्य तोलामा १ सय २० रुपैयाँले बढेर तोलामा ५ हजार २७५ रुपैयाँमा किनबेच भएको छ ।


