प्रि-ओपनको सेसन सुरु हुँदा, नेप्से परिसूचकमा १ अंकको गिरावट
काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्न पुगेको छ। कारोबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ०८ अंकले घटेको हो ।
आजको प्रि ओपनको कारोबार बन्द हुँदा परिसूचक २६२५ दशमलव ४४ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव २६ अंकले बढेर ४४९ दशमलव ४१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा १४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ५ हजार २६५ कित्ता सेयर ८९ पटक खरिद बिक्री हुँदा ४३ लाख ९७ हजार ७०४ रुपैयाँको कारोबार भएको अवस्था छ।