
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

दाङ। दाङको घोराही उपमहानगरपालिका–९, मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
चट्याङ लागेर दाङकै बंगलाचुली गाउँपालिका–२, मर्पेसका २६ वर्षीया दीपा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी दीपक श्रेष्ठले जानकारी दिए । शनिबार (असार २०) साँझ साढे ६ बजे उपचारका क्रममा उनको मृत्यु भएको श्रेष्ठले बताए ।
सोही ठाउँका २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन् । घाइते दुवैजनाको उपचार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ ।

