
महासंघको पदभार ग्रहण, अञ्जन श्रेष्ठले सम्हाले नेतृत्व



काठमाडौं । निजी क्षेत्रको ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) मा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष बन्ने प्रावधान अनुरूप अञ्जन श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष चन्द्र ढकाल आफ्नो ३ वर्षको सफल कार्यकाल पूरा गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै बिदा भएका छन् ।
महासंघको हालै सम्पन्न निर्वाचन र चयन प्रक्रियाबाट विभिन्न विधामा नयाँ उपाध्यक्षहरूले पनि आफ्नो जिम्मेवारी सम्हालेका छन् । एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ आएका छन् ।


