
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४० लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र प्रतिसेयर आम्दानी केहि प्रभावित भएपनि अन्य सूचकमा भने सुधार देखिएको हो ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा शतप्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च गिरावट देखिएको हो । कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ४० लाख रुपैयाँको मात्रै नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ९८.८९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ३६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३६.१८ प्रतिशतले बढेर २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च १ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै समीक्षा अवधिमा कम्पनीको लगानीबाट हुने आम्दानी ३.६५ प्रतिशतले बढेर २ अर्ब ८२५ करोडरुपैयाँमा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा कुल १ अर्ब ४५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा ६.६८ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीको यस्तो बीमाशुल्क आर्जन १ अर्ब ३६ करोड रहेको थियो ।
३ अर्ब २ करोड लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बीमा कोषको आकार ८३ प्रतिशतले बढेर ७ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट लागेको छ । अघिल्लो वर्ष १२.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले घटेर ०.१३ रुपैयाँमा झरेको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १७९.५३ रुपैयाँ रहेको छ ।

