
प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से



काठमाडौं । सेयर कारोबार हुने साताको चौथो दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा बढीले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.३९ अंकले घटेर २७४०.०५ विन्दुमा पुगेको हो ।
आजको उक्त सेसनमा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको बढेको छ । त्यस्तै आज ६ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ । आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.२४ अंकले घटेर ४६३.२६ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ५० कम्पनीका २ हजार ४८२ कित्ता सेयर ६८ पटक किनबेच हुँदा २२ लाख ६८ हजार ५२६ रुपैयाँको कारोबार भएको छ ।


