
२ वटा म्युचुअल फन्डलाई धितोपत्र बोर्डले दियो निष्कासनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । सेबोनले आज वैशाख २ गते लक्ष्मी सनराइज क्यापिटल र सिद्धार्थ क्यापिटलद्वारा व्यवस्थापन गरिने दुई छुट्टाछुट्टै क्लोज म्युचुएल फन्डलाई स्वीकृति दिएको हो ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ लाई १२ करोड इकाई निष्कासनका लागि अनुमति दिइएको छ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई १० करोड इकाई निष्कासनको स्वीकृति प्राप्त भएको छ । दुवै म्युनुएल फन्ड क्लोज प्रकृतिका रहेका छन् र यिनीहरूको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ ।


