
काठमाडौं । संघीय संसदको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन् । आज भएको निर्वाचनमा उनले २१५ मत ल्याएर विजयी भएकी हुन् ।
राप्रपाकी सरस्वती लामाले ५ मत पाइन भने ३७ मत तटस्थ रहयो । ठाकुर २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।