
सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिलबीच ऐतिहासिक सहकार्य सम्झौता



काठमाडौं, अप्रिल ९ — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया(प्रशान्त क्षेत्रमा IPv6 प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आइपीभी सिक्स काउन्सिल (APAC IPv6 Council) बीच एक महत्त्वपूर्ण सहकार्य सम्झौता (Memorandum of Understanding — MoU) मा हस्ताक्षर भएको छ। चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीटको पहिलो दिन, अप्रिल ९, २०२६ मा काठमाडौंको होटल र्याडिसनमा सम्पन्न यो सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ।
✍ हस्ताक्षरकर्ता — सुबिसु
बिनय मोहन सउद
प्रमुख कार्यकारी अधिकृत (CEO)
सुबिसु लिमिटेड, नेपाल
✍ हस्ताक्षरकर्ता — APAC IPv6
प्रो। इमेरिटस डा। सुरेश्वरन रामादास
अध्यक्ष (Chairman)
APAC IPv6 Council, मलेसिया
यो सहकार्य सम्झौताले दुई संस्थाबीच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचार(प्रसारको ढोका खोलेको छ। यस MoU अन्तर्गत सुबिसु लिमिटेडले APAC IPv6 Council को संस्थागत सदस्यताको रूपमा सहभागी हुने अवसर पनि पाउनेछ।
“नेपालमा यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गरी APAC IPv6 Council सँग औपचारिक साझेदारी गाँस्न पाउनु हाम्रा लागि गर्वको विषय हो। यो सम्झौताले नेपाललाई एसिया(प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न सघाउनेछ।” — बिनय मोहन सउद, CEO, सुबिसु लिमिटेड
APAC IPv6 Council भनेको IPv6 Forum को एसिया(प्रशान्त च्याप्टर हो, जसको उद्देश्य यस क्षेत्रमा IPv6 को प्रवर्द्धन र विस्तार गर्नु हो। यसमा व्यक्तिगत तथा संस्थागत सदस्यहरू रहेका छन् र यसले नेटवर्किङ तथा दूरसञ्चार पूर्वाधारमा IPv6 को सफल एकीकरणका लागि प्राविधिक नेतृत्व प्रदान गर्दछ।
यस सम्झौताका मुख्य सहकार्य क्षेत्रहरूमा समावेश छन्:
● प्राविधिक ज्ञान, कागजात तथा उत्कृष्ट अभ्यासहरूको सूचना आदानप्रदान
● एक(अर्काका प्रकाशनहरूमा लेखरचनाको योगदान
● परस्पर अनुमतिसहित एक(अर्काको नाम र लोगोको प्रचारमा उपयोग
● ज्ञान साझाकरणका लागि विशेषज्ञ आदानप्रदान
यो सम्झौता नेपालको ‘डिजिटल नेपाल’ अभियानलाई थप बल दिने तथा देशको इन्टरनेट पूर्वाधारलाई वैश्विक मानदण्डसँग तुलनीय बनाउने दिशामा एक सुदृढ कदम मानिएको छ। IPv6 को अवलम्बन भविष्यको इन्टरनेट विस्तार, क्ष्यत्, र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ, र यस सम्झौताले नेपालका संस्थाहरूलाई यस दिशामा अघि बढ्न प्रेरणा दिनेछ।
सुबिसु लिमिटेड विगत २५ वर्षदेखि नेपालमा उच्चस्तरीय ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी र डिजिटल सेवा प्रदान गर्दै आइरहेको नेपालको अग्रणी ISP हो। यसMoU हस्ताक्षरसँगै सुबिसु APAC IPv6 Council को संस्थागत ljlzi6 सदस्य बन्ने अवसर पाएको छ, जसले नेपालको प्राविधिक समुदायलाई क्षेत्रीय र वैश्विक मञ्चमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रमलाई Nepal Research and Education Network (NREN), Internet Exchange Nepal (NPIX), तथा Nepal Network Operators’ Group (NPNOG, Internet Service Providers’ Association of Nepal (ISPAN) लगायतका संस्थाहरूले सहयोग गरिरहेका छन्।


