
सभामुख अर्यालले गरे पद बहाली



काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी )अर्यालले पदबहाली गरेका छन् । उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका हुन् ।
आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए ।


