
सातामा २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय, इन्धन खपत घटाउने लक्ष्य



काठमाडौं । नेपाल सरकारले देशमा व्ययभार बढ्दै गएको पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०८२ साल चैत २२ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो महत्त्वपूर्ण निर्णय गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा हुनेछ । इन्धनको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न र वैदेशिक मुद्रा सञ्चितिमा पर्ने चापलाई कम गर्न सरकारले यो नीति अवलम्बन गरेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को यो निर्णय भोलि अर्थात् चैत २३ गतेदेखि नै लागू हुने बताइएको छ । यससँगै अब सरकारी कार्यालय तथा अन्य सार्वजनिक निकायहरूमा साताको पाँच दिन मात्र कार्यसञ्चालन हुनेछ ।


