अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजनक अवस्थामा छ: गभर्नर अधिकारी
काटमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजन अवस्था रहेको र आन्तरिक क्षेत्रमा केही दबाब रहेको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरुले ब्याज उठाउन नसेको अवस्थामा पनि तरलताको समस्या नभएको भन्दै अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजन अवस्थामा रहेको बताएका हुन् ।
अहिले विदेश गएका नेपालीहरुबाट आउने रेमिट्यान्स पनि बढेको र विदेशी मुद्राको सञ्चिति पनि सुविधाजन अवस्थामा रहेको गभर्नर अधिकारीको भनाइ थियो । बैंकहरुको रिकभरी ठूलो समस्या भएको उनले बताए । अहिलेको अवस्थामा दुःख मान्नु पर्ने अवस्था भने नरहेको उनको भनाइ थियो ।
‘रेगुलेटरी कम्प्ल्यान्स अर्को चुनौती हो । त्यसमा बैंकरहरू सचेत हुनुहुन्छ । पोलिसी भनेको सधै एउटै रहन्न । अवस्थाको आधारमा नीति परिवर्तन हुन्छ,’ गभर्नर अधिकारीले भने । नेपालमा सबै जान्ने र आफ्नो काम गर्नमा केही कमजोर रहेको उनको भनाइ थियो । त्यस्तै उनले ऋण नतिरे पनि हुन्छ भन्ने अराजक गतिविधिबाट समस्याको सुरुवात भएको भन्दै यसको मनोवैज्ञानिक असर बैंकरहरूमा परेको पनि बताए । ‘बैंकहरूले नाफा कमाउन नपाउने भन्ने पनि आयो । न्युनतम नाफा आर्जन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘एउटा लेबलमा नाफा पनि आवश्यक छ ।’
पछिल्लो समय आर्थिक गतिविधि बढ्न थाथेको उनले बताए । जसले आगामी दिनमा बैंकहरुलाई सहज हुने उनको विश्वास थियो ।
‘कतिपयलाई ऋणको प्रेसर पनि छ । प्रोफिट्याबलिटीमा असर परेको छ । डुब्न बाट जोगाएको छ । अप्ठ्यारोमा सहनुपर्छ । दिन सधै अप्ठ्यारा हुँदैनन् । सकारात्मक हिसाबले अघि बढ्नुपर्छ,’ उनले भने ।