
मंसिर महिनामा बढ्यो घरजग्गाको कारोबार



काठमाडौं । मंसिर महिनामा घरजग्गाको कारोबारमा केही उत्साह छाएको साथै व्यवसासिक आँकडा समेत वृद्धि भएको देखिएको हो । यता, चालु आर्थिक वर्षको मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको छ भने सो कारोबारमा कात्तिकको तुलनामा २९.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ। कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार गरिएको तथ्यांक बाहिरीएको थियो ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको थियो। त्यसपछिका महिना भदौ, असोज र कात्तिकमा क्रमशः देशभर घरजग्गाको कारोबार घटेको थियो। साउनको तुलनामा भदौमा २५।१७ प्रतिशतले घरजग्गा कारोबार घटेको थियो।
भदौको तुलनामा विभागको तथ्यांक अनुसार असोजमा ६।९२ प्रतिशतले घरजग्गा कारोबार घटेको थियो। असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो।तर, असोजको तुलनामा कात्तिकमा भने कारोबार ९।७८ प्रतिशत बढेको थियो।
अघिल्लो वर्षको मंसिर महिनाको तुलनामा पनि यो वर्ष मंसिरमा ३।६५ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिन्छ। गत वर्ष मंसिरमा देशभर ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको थियो। यो वर्ष मंसिरमा घरजग्गा कारोबारमा सुधार आएसँगै राजस्व पनि वृद्धि भएको छ। सरकारलाई घरजग्गा कारोबारबाट मंसिर महिनामा तीन अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन ९दर्ता० दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।घरजग्गा व्यवसाय सुरक्षित देखिएकाले यसप्रति व्यवसायीको ररुचि बढेको हुनसक्ने नेपाल जग्गा तथा आवास विकास महासंघ ९एनएचएलडिएफ० का अध्यक्ष घिमिरेले जनाएका छन् ।

