नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चुनाव सम्पन्न,अध्यक्षमा कार्कीसहित नयाँ नेत्तृत्वको आगमन
काठमाडौँ । दुई वटा प्यानल नै खडा गरी चुनावी मैदानमा होमीएको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नयाँ नेत्तृत्व हात पारेको छ । अध्यक्षमा मेनुका कार्की सहितको नेत्तृत्व ७ औं महासभाबाट आजै विजयी भएका हुन् । यससँगै कुशल वक्ता एवम् सरल व्यक्तीत्व नाफिजका पूर्व अध्यक्ष मोदनाथ ढकाल दुई वर्षे कार्यकाल दुई पटक सम्हाल्दै आजैबाट सो पदबाट बाहिरीएका छन् ।
कतिपय उमेद्धारहरुले लामो समयदेखि गहिरो गृहकार्य गरेका थिए भने केही उमेद्धारहरुले चुनावी रौनकमा सहभागीता जनाउँन समेत आत्मविश्वासका साथ उमेद्धारी दिएको बुझिएको छ ।
नाफिजमा आज १० सदस्यीय कार्यसमिति चुनिएको हो भने चुनावी मैदानमा विगतको तुलनमा गहिरो प्रतिस्पर्धा चलेको थियो । शान्तपूर्ण वातावरणमा, सभ्य र भव्य रुपमा मतदान हुँदा झिनो मतान्तरले अध्यक्ष पदका प्रत्याशी इन्द्र बाँनिया प्यानलपछि परेको छ ।
अध्यक्ष पदकी विजेता कार्कीले १०० भोट हात पारेकी छिन् भने त्यस्तै उनका निकटतम प्रतिस्पर्धी अध्यक्ष पदका प्रत्याशी बानियाँले ८७ मत प्राप्त गर्दै चुनावी सभालाई थप कौतुहल तुल्याएका थिए।
यता उपाध्यक्षमा प्रमिला खतिवडा (पिताम्बरी) ले १ सय ४ मत पाउँदा, अर्का उपाध्यक्ष निरोजकुमार थापाले ९३ मत हात पारे । सोही पदका प्रत्याशी विजय दमासेले ६५ र परमेश्वर अधिकारीले ९२ मत हात पारे। यसरी हेर्दा मुख्य प्रतिस्पर्धामा होमिएकै रुपमा विजयी भएका थापा र घम्साघम्सीमा पुर्याएर चुनावलाई थप शसक्त बनाएका अधिकारीलाई समेत मान्न सकिन्छ ।
यता महासचिवमा निकेश खत्रीले १ सय १२ मत ल्याएर विजयी हुँदा, उनका प्रत्याशी नविन ढुंगानाले ६६ मत हात पारे। १ सय २६ मत ल्याँउँदै समितिको सचिवमा राजाराम न्यौपाने विजयी हुँदा उनका प्रत्याशी चेतनारायण पाण्डेय ५७ मतमा सिमित भए।
त्यस्तै, कोषाध्यक्षमा मिलन विश्वकर्माले १ सय २ मत हात पार्दै चुनाव जित्दा उनका प्रत्याशी भोला देवकोटा परिवर्तन ले ८३ मत हात पार्न सफल भएका छन्।
चार जना सदस्यहरुका लागि पाँच जनाले उमेद्धारी दिएका थिए । सो मध्ये सदस्यमा विजयी हुँदै अनिश मिजार १ सय २०, अनुप आचार्य १ सय १८, सीआर भण्डारी १ सय १६ र शुक्र गिरी १ सय ७ मत प्राप्त गरि विजयी भए । सदस्य पदका प्रत्याशी आशुतोष अर्यालले भने ९२ मत मात्र हात पारे।
यसरी समग्रमा हेर्दा यसपालिका लागि बानियाँ प्यानलभन्दा कार्की प्यानलकै पल्ला भारी भएको छ । चुनाव पश्चात विजयी र पराजित सबैजना एकै मन्चमा उभिएर नाफिजले पाएको नयाँ नेत्तृत्वमाझ स्वागत गर्ने तथा खुशी साटने काम सम्पन्न भएको छ ।
आगामी दिनमा नयाँ नेत्तृत्वले नाफिजको गरिमालाई थप उचाईमा पुर्याउन सशक्त भुमिका खेल्ने सम्पूर्ण सदस्य तथा भोटरहरुको विश्वास एवम् अपेक्षा रहेको छ । शुभकामना ।