
दैलेख-२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन्। पोखरेलले १३ हजार ८ सय ८९ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिक्पाल शाहीले ९ हजार ५ सय ५२ मत प्राप्त गरे।
पोखरेल ४ हजार ३ सय ३७ मतान्तरले विजयी भएका हुन्। यससँगै कर्णाली प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बखतबहादुर शाहीले ६ हजार ७ सय ९७ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले ३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन्।

