
सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ



काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिंदा साम्पाङको मत ५८९१ रहेको छ । साम्पाङलाई सरिन तामाङले ४८०९ मत ल्याउँदै पछ्याइरहेका छन् ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका सूर्यवहादुर भट्टराई (मनोज) ले १२९१, एमालेका टिकाराम लिम्बूले ९६४, कांग्रेसका सुजेन्द्र तामाङले ८९५, राप्रपाका उद्धव श्रेष्ठले ३७५ मत ल्याएका छन् ।

