
सरकारद्वारा २०८३ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक



काठमाडौँ । सरकारले आगामी २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरिएकाे जानकारी दिएकाे हाे ।
गत १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । साेही निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।
राजपत्रमा भनिएको छ, ‘नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।’

