
किङ्स कलेजको ‘ओथारो’ कार्यक्रममा १२ स्टार्टअप छनोट, ६ महिनासम्म विशेष मेन्टरसिप दिइने



काठमाडौं । ओथारो इन्क्युबेशन कार्यक्रममा छनोट भएका १२ वटा स्टार्टअपहरू आगामी छ महिनामा आफ्ना प्रारम्भिक प्रोटोटाइप वा पहिलो चरणका परियोजनालाई विकासको नयाँ स्तरमा पुर्याउन तयारी अवस्थामा छन्।
किङ्स कलेजअन्तर्गत सञ्चालन हुँदै आएको ओथारो इन्क्युबेशन कार्यक्रमको पाँचौँ कोहोर्ट आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। यससँगै कार्यक्रमले उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
किङ्स कलेजस्थित ओथारो इन्क्युबेशन कार्यक्रमद्वारा सहजीकरण गरिने यो छ महिनाको इन्क्युबेशन कार्यक्रम नवउद्यमीहरूलाई आफ्ना नवीनतम सोच र अवधारणालाई लाभदायी तथा विस्तारयोग्य व्यवसायिक उद्यममा रूपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको हो।
छनोट भएका स्टार्टअपहरू मिस्टर वाफल्स, टुमलेट गेम्स, एथर सोसल ल्याब, स्टुडियो ब्रिटान्ता, नॉलेजएप लगायत निरन्तर सिकाइ कार्यशाला, कोचिङ सेसन, पुनरावृत्त व्यवसाय मोडल विकास, आवश्यकता-आधारित मार्गदर्शन तथा क्षेत्रविशेषमा वित्तीय पहुँच र नेटवर्किङ अवसरहरूमा सहभागी हुनेछन्।

