
इंग्ल्यान्डविरुद्ध सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता



काठमाडौं । भारत र श्रीलंकामा सुरु भएको २० ओभरको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टोलि इंग्ल्यान्ड विरुद्ध खेलिरहेको छ । टस हारेर पहिले बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन् । यस अघि शेर मल्ल र नन्दन यादबले पनि एक एक विकेट लिएका थिए । यो अवस्थामा इंग्ल्यान्डले ६.२ ओभरमा ३ विकेट गुमाएर ५८ रन बनाएको छ ।

