
विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता, नन्दनले लिए विकेट



काठमाडौं । भारत र श्रीलंकामा सुरु भएको २० ओभरको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो टोलि इंग्ल्यान्ड विरुद्ध खेलिरहेको छ । टस हारेर पहिले बलिङ गरिरहेको नेपालले दोस्रो सफलता पाएको छ ।
नेपालका लागि नन्दन यादबले दोस्रो सफलता दिलाएका हुन् । पहिलो सफलता शेर मल्लले दिलाएका थिए । यो अवस्थामा इंग्ल्यान्डले ५ ओभरमा २ विकेट गुमाएर ४४ रन बनाएको छ ।

