ह्याविट्याट पावरको आइपीओ आउँदै
काठमाडौँ । ह्याविट्याट पावर कम्पनीले प्राथमिक साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभाले सदर गरेसँगै उक्त आईपिओको प्रक्रिया अघि बढ्ने भएको हो।
कम्पनीका अनुसार मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगमी पौष ११ गते बिहीवार सभा तोकेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हाडिगाउँ, काठमाडौमा बिहान ११ बजे सम्पन्न हुनेछ।
सोही सभाबाट आइपीओ निष्कासनको प्रस्ताव सदर हुनेछ भने आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुले एकसाथ आईपीओमा सहभागी हुन सक्नेछन् ।