
आज थप २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले १ वर्षे अवधिका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ निष्काशन गर्न लागेको हो ।
आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ भने बोलकबोलका माध्यमबाटै ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।
यस ऋणपत्रको साँव भुक्तानी २०८३ पुस २८ गते हुने छ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।
ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। ऋणपत्र यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ ।

