नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक बिहीन अवस्थामा गुज्रिदै, प्रक्रियागत झन्झटले लम्बियो अवधि
काठमाडौं । हाल नेपाली बीमा क्षेत्रको मुख्य नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक (एजुकेटीभ डाईरेक्टर), (ईडी) बहिनी अवस्थामा गुज्रिरहेको छ । यस अघिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठ दोस्रो साता पदबाट अवकाश पाएसँगै सो पद रिक्त रहेको हो ।
हाल कार्यकारी निर्देशकका विभिन्न जिम्मेवारीहरु बीमा प्राधिकरणमा थुप्रिएका छन् । एक प्राधिकरण निकट स्रोतले बीमा दर्पण डटकमलाई सूचना दिँदै कार्यकारी निर्देशकको ठूलो जिम्मेवारी हुने र सो पदलाई कुनै पनि कारणमा सकेसम्म लामो समय रिक्त राख्ने भन्दा पनि रिक्त नराख्नेतर्फ सोच्ने बेला आएको जानकारी दिए । कर्मचारी युनियनसँग निकट रहेका उनले बीमा प्राधिरणले समग्र बीमा क्षेत्रको निगरानी गर्ने भए पनि बीमा प्राधिकरणलाई समेत सु–व्यवस्थित बनाउँन नियमनकारी निकायलाई समेत रचनात्मक सुझाव आवश्यक हुने भाव व्यक्त गरे ।
सीईओ नियुक्तीलाई ९० दिन मात्रै
यता बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तीका लागि ९० दिनभन्दा बढी खाली राख्नु हुन्न भन्ने प्रावधान बीमा प्राधिकरण आफैले अघि सारेको छ । जब की बीमा कम्पनीहरुले अधिकांश बेलामा आफ्नो संस्था भन्दा बहिरका व्यक्ती खोजेर सीईओ बनाउँनु पर्ने बाध्यता कायमै छ । यस हिसाबमा हेर्दा मुख्य नेत्तृत्वकर्ता र उच्च जिम्मेवारीमा रहेका कुनै पनि कर्मचारीहरु संस्थालाई अपरिहार्य हुने भएकाले निजको पद रिक्त नगरौ भन्ने बीमा प्राधिकरणको आशय निकै अर्थपूर्ण पनि देखिन्छ । तर, आफ्नै संस्थामा त्यो पनि जेठ दोस्रो सातादेखि खाली भएको कार्यकारी निर्देशक पदलाई हालसम्म (६ महिना नाघिसक्दा) पनि प्रक्रियागत झन्झटतर्फ मात्रै धकेलेको स्पष्ट हुन्छ ।
बीमा प्राधिकरण ईडी बिहीन उमेद्धार नपाएर भएको होइन
हाल बीमा प्राधिकरणमा रहेका तीन जना कर्मचारीहरु कार्यकारी निर्देशक बन्न योग्य रहेको चर्चा हुने गरेको छ । तर, गहिराईमा गएर तीन जनाको पनि कार्यसम्पादन, कार्य अनुभव, जेष्ठता, (सबैभन्दा पहिले निर्देशक भएको) या भनौ पदीय मर्यादालाई बीमा प्राधिकरणले ख्याल राख्दा को इडी भन्ने प्रस्ष्ट हुन्छ भन्ने एकतर्फको भनाई छ । फेरी सोही कुरालाई दोह्राएर हेर्ने हो भने अर्कोतर्फबाट पुरानो हुँदैमा विज्ञ हुने वा कम अनुभव हुँदैमा सिपालु नुहने वा नखारीने भन्ने पनि त हुँदैन भन्ने कोणबाट पनि विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् ।
त्यसरी टिका टिप्पणी हुनु एउटा पाटो हो किनभने नेपाली वित्तीय क्षेत्रको एउटा ठूलो र त्यसमा पनि महत्वपूर्ण र संवेदनशील क्षेत्रमा पर्छ, बीमा । सोही क्षेत्रको कार्यकारी निर्देशक पद खाली हुनुले विभिन्न अर्थ लाग्ने देखिन्छ । सबैभन्दा पहिला यस अघिका कार्यकारी निर्देशकको व्यस्तता हेरौं ।
बीमा प्राधिकरणमा यस अघि काम गरेका कार्यकारी निर्देशक निकै व्यस्त देखिन्थे भन्दा खासै गलत अर्थ नलाग्दा । कार्यालय समयमा ठूला कम्पनीमा सीईओले पनि समय लिएर, लाइन लागेर वा भनौ पर्खेर भेटनु पर्ने व्यक्ती हुन् प्राधिकरणका कार्यकारी निर्देशक । त्यस्ता दृश्य विगतमा देखिएकै हुन् । यता, सीईओ आफै जो कम्पनीका नेपाल हेड हुन्छन् र अर्बौका कम्पनीको देशभरीको शाखा, कर्मचारी एकसाथ मोनिटर गर्छन् ।
यसमा हामीले बुझ्नु पर्ने खासै लामो कुरा छैन । एउटै कुरा भनेको बीमा प्राधिकरण कार्यकारी निर्देशक बिहीन अवस्थामा छ । प्राधिरणले पनि आफूहरु ईडीको प्रक्रियामा आफूहरु रहेको दाबी गर्ने गरेको छ । अब बीमा प्राधिकरणकै उच्च पदस्थ कर्मचारीहरुले आफूहरुलाई लम्बेतान प्रक्रिया भन्दा पनि नियमनकारी निकायले आगामी दिनमा सर्ट कटको बाटो, छिटो छरितो शैली, रियल टाइम डाटा, बजारमैत्री सुझाव र बीमाका सुस्तता आउँन जोडिएका कुनै पनि पुराना संस्कारलाई सु संस्कारमा परिणत गर्दै जानु पर्छ भन्ने बताउँन सुरु गरेका छन् ।
बीमा क्षेत्रको कार्यकारी निर्देशक पद एकजनासँग मात्रै सम्बन्धित छैन । कार्यकारी निर्देश नियुक्त भएसँगै बीमा प्राधिकरणका कुनै न कुनै एक उप निर्देशकले कार्यकारी निर्देशक बन्ने अवसर पाउँछन् । र, त्यस्तो अवसर पाएका त्यही निर्देशक आगामी पाँच वर्षपछि पुन निर्देशक बन्ने सम्भावना हुन्छ । सोही कारण कार्यकारी निर्देशक पदमा भएको ढिलाईका कारण सम्बन्धित उमेद्धारहरुमा कौतुहलता जान्नु सामान्य कुरा भए पनि नयाँ अवसरको खोजी गरेका र भोलीका लागि ठूलो योगदान गर्ने आकांक्षा बोकेका केही कर्मचारीहरु माथि प्रक्रियागत अन्यौलताको शिकार हुन पुगेको देखिन्छ ।
आगामी दिनमा आफ्नै संस्था भित्र रहेको एक जना व्यक्तीलाई बढ्वा गर्न वा कसैको प्रमोसन गर्न बीमा प्राधिकरणले लामो समय नलगाओस् र प्राधिकरण कार्यकारी निर्देशक बिहीन अस्थामा रहेको बेलामा प्राधिकरणमा कार्यकारी निर्देशक बिहीन रहेको तथा दर्जनौ काम अलपत्र परेको कुरा स्विकार गरोस् भन्ने माग चौतर्फी उठ्न थालेको छ ।
बीमा प्राधिरणका कार्यकारी निर्देशक अन्य कर्मचारीको तुलनामा, केयौं कुरामा अध्यक्षपछिको अध्यक्ष समान हुने भएकाले पनि हालका अध्यक्ष सूर्यप्रसाद सिलवालले कहिले नयाँ कार्यकारी निर्देशकको टुंगो लगाउँलान भन्ने विषय लामो समयदेखि बीमा क्षेत्रमा निकै चासोको विषय बनेको छ ।