
आईपीओको अनुमति माग्दै नगरकोट रिसोर्टले दियो सेवोनमा निवेदन



काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनको लागि निवेदन दिएको हो ।
नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ । रिसोर्टको साधारण सेयर निष्काशनको कार्य गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललाई नियुक्त गरेको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।

