
नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा कर्ण नियुक्त



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवेन्द्रलाल कर्ण नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले कर्णलाई नियुक्त गरेका हुन् ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा परेपछि कर्णलाई त्यसको जिम्मेवारी दिएको हो । उनी प्राधिकरणको वरिष्ठ कर्मचारीको तर्फबाट कर्णलाई नियुक्त भएका हुन् । निमित्त महानिर्देशक कर्णले शुक्रवारदेखि कार्यभार सम्हालेका छन् ।
अधिकारीको कार्यकाल आगामी माघ १७ गतेसम्म मात्र छ । अदालतबाट दोषी ठहर नभएका कारणले माघ १७ सम्म नयाँ नियुक्ति गर्न नमिल्ने भएकाले कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।

