
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग



काठमाडौ । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत गत भाद्र २३ र २४ गते घटेको जेमजी आन्दोलनको कारण क्षतिग्रस्त सार्वजनिक तथा सरकारी भौतिक संरचनाहरूको पुनर्निर्माणको लागि नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेरु. २० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरिएको छ ।
यस कम्पनीको केन्द्रीय कार्यालय नयाँ दिल्ली भारतबाट पाल्नु भएका कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक श्री संजय जोशीले उक्त रकम बराबरको चेक माननिय अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनालज्यूलाई अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा नेपाल स्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी. चक्रवर्ती तथा अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो।
यस्तो छ बाकी सूचना :


