
नेपाल इन्स्योरेन्सले गर्यो नगद लाभांश घोषणा



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज पुस ३ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।

